काठमाडौं । वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा भगवान् कोइरालाले वीर अस्पतालबाट सेवा दिने भएका छन् । उनले वीर अस्पतालमा ओपिडी तथा शल्यक्रिया दुवै सेवा दिने जनाइएको छ ।
उनी एक साताअघि मात्र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका हुन्। न्याम्समा डा. कोइराला भिजिटिङ प्रोफेसरका रूपमा आबद्ध भएको र कक्षा सञ्चालन हुने दिनमा आउने चिकित्सा विज्ञान प्रतिष्ठानका न्याम्सका उपकूलपति डा.भुपेन्द्र कुमार बस्नेतले बताए ।
उनी यसअघि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा कार्यरत थिए।