काठमाडौं । नगरवासीहरुलाई निशुल्क सेवा दिने लक्ष्यका साथ इटहरीमा निशुल्क शववाहन र एम्बुलेन्स सेवा सुरु गरिएको छ। इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरी अस्पतालमा सोमबारदेखि नै उक्त सेवा सुचारु गरिएको छ।
इटहरी उपमहानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शववाहन र घरदेखि इटहरी अस्पतालसम्म निस्शुल्क संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाइ छ।
पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै एम्बुलेन्स सेवा थालिएको मेयरको भनाइ छ।