काठमाडौं । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले केही समयमै गाउँपालिकाभित्र सञ्चालित पाँच स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार सुरु गर्ने भएको छ ।
मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको ५ स्वास्थ्य संस्थामा केही दिनमै मानसिक रोगको उपचार सुरु गर्ने भएको हो।
रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठका अनुसार गाउँपालिकाभित्रको स्वास्थ्य संस्थाहरूमध्ये ५ वटा स्वास्थ्य संस्थामा मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले ती स्वास्थ्य संस्थामा मानसिक रोगको उपचार सुरु गर्न लागेको हो।