काठमाडौं । केन्द्रीय कारागार अस्पतालमा राष्ट्रिय फिजियोथेरापी दिवसको अवसरमा एक दिने स्पाईनल हेल्थसम्बन्धी कार्यशाला तथा तालिम सम्पन्न गरेको छ।
उक्त तालिममा अस्पतालका विभिन्न तहका कर्मचारी तथा कैदीबन्दी सहित ७० जनाको सहभागिता रहेको थियो ।
केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा प्रकाश बुढाथोकीले उद्घाटन गरेको उक्त कार्यशालामा केन्द्रका निर्देशक डा राजु ढकालको टिमले अभिमुखीकरण ,प्रयोगअभ्यास, खतराका चिन्हहरु तथा रोकथामका उपायहरुका बारेमा प्रस्तूतीकरण गरेका थिए ।