काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य शंकर विश्वकर्माको ५९ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा जावलाखेलस्थित अलका अस्पतालमा मंगलबार बिहान उनको निधन भएको बताइएको छ ।
उनी एकीकृत समाजवादी रौतहट–काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष समेत थिए। श्रद्धाञ्जलीका लागि विश्वकर्माको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको थियो।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताले पार्टी कार्यालयमा विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।