काठमाडौं । बिएण्डबी हस्पिटल र स्माइल ट्रेनको सहकार्यको १५ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
१५ औं बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि सुनिल टुली र रेनु मेहताले उक्त कार्यक्रमको महत्बको बारेमा प्रकाश पारे । सबै सहभागीहरुलाई खादा ओढाउदै सो कार्यक्रमको उदघाटन गरिएको थियो ।
निर्देशक डा. महेन्द्र महर्जनले कार्यक्रममा बोल्दै ओठ तथा तालु फाटेका बच्चाहरुको जन्मदा समाजको दृष्टिकोण र शल्यक्रिया पछी बच्चाहरुमा हुने सकारात्मक परिबर्तन र यसको फाइदको बारेमा बिस्तृत बिबरण प्रस्तुत गरे । स्माइल ट्रेन एउटा अन्तराष्ट्रिय परोपकारी संस्था हो जस्ले जन्मिदै ओठ तथा तालु फाटेको बच्चाहरुलाई निःशुल्क शल्यक्रियाहरु प्रदान गर्दछ।