काठमाडौं । टेलिफोनको माध्यमबाट देशका विभिन्न स्थानबाट प्राप्त भएका गुनासाहरुलाई चाँडो सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले आफू मातहातका विभाग, अस्पताल तथा प्रतिष्ठानहरुलाई पत्र लेख्दै सार्वजनिक संस्थानहरुमा सेवाग्राहीले टेलिफोन मार्फत केही जानकारी जानकारी लिन खोज्दा कार्यालयको टेलिफोन नउठने, उठेपनि राम्रो रेस्पान्स नहुने भन्ने उजुरीका प्राप्त भएको भन्दै छिटो भन्दा छिटो सम्बोधन गर्ने व्यवस्था मिलाउन पत्र मार्फत् निर्देशन दिएको हो ।