काठमाडौं । वीरगन्जस्थित बाल सुधार गृहमा झडप भएको छ । मंगलबार बेलुका दुई पक्षबीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन्।
बुधबार बिहान स्थिति सामान्य भए पनि प्रहरीहरूको सुरक्षा सतर्कता कडा बनाएको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए।
उक्त बालसुधार गृहमा भक्तपुरबाट लगेकासहित १४९ जना कैदी बन्दी रहेका छन्। केही समयअघि भक्तपुर बाल सुधार गृहमा झडप भएपछि केही कैदी बन्दी वीरगन्ज लगिएको थियो। भक्तपुरबाट गएका कैदी बन्दी र पहिलादेखि वीरगन्जमै रहेका केदीबन्दीबीच पटक पटक झडप र विवाद हुने गरेको बुझिएको छ।