काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलको नयाँ पुस्तक जीवन्त सम्बन्ध पुस्तकको कभर सार्वजनिक भएको छ । उनकी जिवनसंगीनि मनिशा र छोरीले पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तकबारे प्रकाश पार्दै डा. अनिलले पुस्तक जिवन र जगतसंग सम्बन्धित रहेको जानकारी दिए ।उनले किताब रोग बिशेषसंग सम्बन्धित नभएको भन्दै केबल जिबन र जगतसंग मात्रै सम्बन्धित भएको बताए।
दैनिक सयौ मुटुरोगी उपचार गर्दागर्दै पुस्तक लेख्न पुगेको भन्दै उनले पुस्तकको मुल्य ६०० रुपैयाँ पर्ने बताए।पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिने डा. ओम फाउन्डेसनले जनाएको छ ।
पुस्तक असोज ५ गतेदेखि बजारमा आउने छ।
‘जीवन्त सम्बन्ध’ पुस्तक अनलाइनमार्फत बिक्रीका लागि आजदेखि बुकिङ खुल्ला गरिएको छ । दराज, ई–सेवा, हाम्रो पात्रो लगायतका अनलाइन प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजबाट पनि पुस्तक अर्डर गर्न सकिन्छ ।
काठमाडौैं उपत्यकाभित्र अनलाइनमार्फत् अर्डर गर्ने पाठकलाई निःशुल्क होम डेलिभरीको व्यवस्था छ । देशभरका पुस्तक पसलहरूमा भने समीक्षा पब्लिकेसनले वितरण गर्नेछ ।