काठमाडौं । काठमाडौं महानगरपालिकामा स्तनपान कक्ष सञ्चालन भएको छ ।महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यालयमा उक्त कक्षको उद्घाटन गरेकी हुन्।
महानगरको कार्यालय रहेको काठमाडौं प्लाजामा स्तनपान कक्ष सञ्चालनमा आएको हो ।स्तनपान गराउनुपर्ने बच्चा भएका आमाको लागि उक्त कक्ष निर्माण गरेको महानगरपालिकाले जनाएको छ।
कार्यालयमा कार्यरत कर्मचारीहरु बच्चा सहित कार्यालय आउँदा, स्तनपान गराउन पर्ने बच्चा सहित आउने सेवाग्राहीलाई समस्या पर्दै आएको थियो ।कक्षमा बच्चको लागि खेलाउन गुडिया, पानी खुवाउने बोतल, दूधदानीलगायत रहेका छन् ।