काठमाडौं । ईशान बाल तथा महिला अस्पताल र शिखर इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौतासँगै शिखर इन्स्योरेन्सका सबै ग्राहकले अस्पतालबाट नगदरहित उपचार सेवा प्राप्त गर्ने छन् ।
सो अवसरमा अस्पतालका निर्देशक डा.रामनन्दनप्रसाद चौधरीले भने शिखर इन्स्योरेन्सका सबै ग्राहकहरुले अब देखी नेपालको पहिलो गैरिसरकारी ईशान बाल तथा महिला अस्पतालबाट प्रत्यक्ष लाभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रात्त गर्न सक्ने छन ।
उक्त नगदरहित सेवा अस्पतालले शिखर इन्स्योरेन्सले प्रदान गर्ने स्वास्थ्य बिमा प्याकेज अन्तर्गत प्रदान गर्ने छ।