काठमाडौँ-सुदूरपश्चिमको कञ्चनपुरमा एक स्वास्थ्यकर्मी माथि बिरामीको आफन्त भनिने समूहले आक्रमण गरेको छ । जिल्लाको बेलौरी नगरपालिकामा रहेकोश्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मी माथि हातपात भएको छ ।
राति सवा ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्र प्रसाद गैरेमाथि हातपात भएको हो ।
स्वास्थ्य केन्द्रले उपलब्ध गराएको सिसिटिभी फुटेजमा देखिए अनुसार खड्काले स्वास्थ्यकर्मी गैरेको घाँटी अठ्याउँदै आक्रमण गरेको देखिन्छ। आफूमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मी गैरेले सिसिटिभीमा सबै कैद भइरहेको जानकारी दिएपछि आक्रमणकारी खड्काले थप आक्रमण नगरेको गैरेले जानकारी दिए।
आक्रमणकारी खड्काले उपचारका क्रममा ढिलाई गर्नुका साथै टाँका लगाउन धागो छैन भनेपछि विवाद भएको स्विकार गरे। उनले आक्रमण नभइ आफूले धक्का मात्र दिएको नभएको भन्दै बाहिरबाट मगाउँदा विवाद भएको र आफूले धक्का मात्रै दिएको उनको भनाइ छ ।