काठमाडौ। बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । हातपातमा पर्ने अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि बुधबार अपरान्ह ईलाका प्रहरी कार्यालय बेलौरीले हातपातमा उत्रिने रामबहादुर खड्कालाई पक्राउ गरेको हो ।
प्रहरीले खड्कालाई स्वास्थ्यकर्मी माथि दुर्व्यहार गरेको आरोपमा मुद्धा चलाउने तयारी गरेको छ ।यसअघि आफूमाथि हातपात तथा दुर्व्यहार गरेको भन्दै अहेव गैरेले खड्का माथि होस् भन्दै इलाका प्रहरी कार्यालय बेलौरीमा जाहेरी दिएका थिए ।
राति सवा ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्र प्रसाद गैरेमाथि हातपात भएको थियो ।