काठमाडौं । पर्वतमा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्। घाइते सबै खतरामुक्त रहेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिका–२ देउपुरको कोरुङ्गाको उकालोमा बिहीबार साँझ ग १ ज ६०४५ नम्बरको जिप दुर्घटनामा परेको हो। उकालो चढ्दै गरेको अवस्थामा ब्रेक फेल हुँदा जिप पल्टिएको चालकले बताएका छन्। घाइते सबैको जिल्ला अस्पताल पर्वत उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य छ।