काठमाडौं । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र नेपाल क्यान्सर रिलिफ सोसाइटीबीच क्यान्सरको सचेतना बढाउन तथा क्यान्सर रोकथाम र उपचार सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा नेपाल क्यान्सर अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठ तथा नेपाल क्यान्सर रिलिफ सोसाइटीका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत टीकाप्रसाद अधिकारीले हस्ताक्षर गरेका थिए ।
सम्झौतामा क्यान्सरको समस्याबाट बच्न जिवनशैलीबारे जनचेतना फैल्याउने, क्यान्सर लाग्नबाट बच्न बिरामीको व्यवहार परिवर्तनमा सहयोग गर्ने, क्यान्सर सम्बन्धी अनुसन्धानहरु गर्ने ,समुदायमा हेल्थ क्याम्पहरु संचालन गर्ने सम्झौता भएको छ । उक्त सम्झौताको अवधि दुई वर्षको रहेको छ।