काठमाडौं । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालले एक कार्यक्रम गर्दै विश्व फर्मासिस्ट दिवस मनाएको छ ।
विश्व फर्मासिस्ट दिवसको अवसरमा अस्पतालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाल क्यान्सर अस्पतालमाका फार्मेसी म्यानेजर पंकज फर्मासिस्टको भूमिकाकोबारेमा प्रस्तुतिकरण गरेका थिए। उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, मेडिकल निर्देशक डा विजेशराज घिमिरेले शुभकामना मन्तब्य राखेका थिए ।हरेक वर्ष २५ सेप्टेम्बरमा यो दिवस विश्वभर मनाउने गरिएको छ ।