काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ। कैलालीको लम्किचुहा नगरपालिका-२ चौरी घर भएका उनको गए राति उपचारका क्रममा निधन भएको हो।
उनी माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका थिए। बडुवालको स्वास्थ्यमा समस्या आएपछि उनी कैलालीस्थित घर फर्किएर थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि लगखनउ लैजाँदै गर्दा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनी जनयुद्धकालदेखि नै माओवादीमा सक्रिय नेता हुन्। उनको आज नै कर्णाली चिसापानीमा दाहासंस्कार गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ।