काठमाडौँ । रुपन्देही जिल्लाको भैरहवा रहेको सिद्धार्थनगर सिटी अस्पतालमा निःशूल्क घुँडा प्रत्यारोपण असोज १४ देखि १६ गते सम्म संचालन हुने भएको छ ।
बुधबार सिद्धार्थनगर सिटी अस्पतालले पत्रकार सम्मेलन गरी निःशूल्क घुँडा प्रत्यारोपण कार्यक्रम ३ दिन सम्म संचालन गर्ने जानकारी गराएको छ । भैरहवामा संचालित १०० वेडको सुविधा सम्पन्न अस्पताल सिद्धार्थनगर सिटी हस्पिटलले विभिन्न विशेषज्ञद्वारा सेवाहरु प्रदान गर्दै आइरहेको सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्धक अर्जुन पौडेलले बताएका थिए ।
लुम्बिनी राजमार्ग नजिक रहेको यस अस्पतालले दुर्घटनामा परेका परि विभिन्न किसिमका हाडजोर्नी तथा न्युरो सर्जरी सेवा संचालन गर्दै आईरहेको छ ।
अस्पतालमा यस क्षेत्रमै पहिलो पटक अत्याधुनिक तीन वटा मोडुलर अप्रेशन थिएटर, ६४ स्लाईसको सिटी स्क्यान मेसिन, अमेरिका तथा जर्मनमा निर्मित मेसिनहरुवाट काठमाण्डाँैका विभिन्न प्रतिष्ठित अस्पतालहरुमा कार्यरत विशेषज्ञ डाक्टरहरु पूर्ण समयको रुपमा कार्यरत रही सेवा प्रवाह गर्दै आइरहेको प्रवन्धक पौडेलले जानकारी दिएका थिए ।
यस अस्पतालमा हाल आएर विदेशीहरुले सेवा दिने तथा विदेशी डाक्टर आई त्यस ठाउँ गरीब तथा विपन्न वर्गका विरामीहरुलाई सेवा प्रदान गरिरहेको छ ।