काठमाडौं । महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२३ ’को उपाधि बिपी स्मृति हस्पिटलले जितेको छ । शनिबार भएको फाईनल खेलमा नर्भिक अस्पताल पेनाल्टी सुटआउट बाट पराजित गर्दै बिपी स्मृति च्याम्पियन बनेको हो ।
बिपी स्मृतिले इनुस हेल्थ केयलाई र नर्भिक अस्पतालले ग्रिनसिटी अस्पताल लाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । उपाधि सहितबिपी स्मृतिले ४० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता नर्भिक अस्पतालले २० हजार रुपैयाँमा चित्त बुझायो ।

‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ हस्पिटलले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।
फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा एन्जिल फर्टिलिटी क्लिनिक छ भने प्रायोजक एनएमबी बैंक रहेको छ । हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल ,बैकिङ पार्टनरमा,राष्ट्रिय वाणिज्य बैंक तथा मेडिकल पार्टनरमा बयोधा हस्पिटल रहेको छ । कार्यक्रमलाई नेपाल टेलिकम,नेपाल आयल निगम , खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजी,फार्म टु टेबलल अर्गानिक रेस्टुडेन्टले सपोर्ट गरेका छन् ।