काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको छ । पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् ।
उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको छ ।। घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । आक्रमणकारीको साथमा रहेको पेस्तोल घटनास्थमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।