काठमाडौँ ।कास्कीको पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा युवकको शव फेला परेको छ।मंगलबार साँझ तालमा उत्तानो तैरिएको अवस्थामा पुरुष व्यक्तिको शव देखिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले शव निकालेको छ। शव निकालेर हेर्दा उनले बोकेको झोलाभित्र नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको छ।
उनी प्युठानको मालारानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ रहेको खुलेको छ। प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का पश्चात् शवको पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।