काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न वीर अस्पताल पुगेका थिए।
पार्टीको रुपान्तरण अभियान अन्तर्गत सुदूरपश्चिमका जिल्लामा क्रियाशील रहेको बेला आचार्य अस्वस्थ भएका थिए। हिजो अचानक बेहोस भएपछि काठमाडौँ ल्याइएका आचार्य वीर अस्पतालमा उपचाररत छन् ।