काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानले विश्व दृष्टि दिवसको अवसरमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन भयको छ । तिलगंगा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले दृष्टि दिवसको अवसरमा अस्पतालले साताव्यापी रुपमा विभिन्न कार्यस्थलमा नै स्वास्थ्य टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गर्ने जनाइन् । समान्य व्यक्तिको तुलनामा दृष्टिविहीन कामदारहरूको रोजगारी प्राप्त गर्ने सम्भावना ३०.२ प्रतिशतभन्दा कम रहेको उनले बताइन् ।
उक्त कार्यक्रममा अस्पताल प्रमुख डा सिर्जना अधिकारीले काम गर्दा आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे जानकारी दिइन्। दृष्टिबिहिन गराउने रोगहरुमा मोतिबिन्दु (६५ प्रतिशत )नै पहिलो कारण रहेको छ । भने अन्य रोगहरुमा आँखाको पर्दाजन्य, आँखाको नानिमा देखिने समस्या, जलबिन्दु र मधुमेहबाट हुने अन्धोपन रहेको छ। चश्माको जाँच तथा प्रयोग पर्याप्त नहुनाले दृष्टिदोष पनि एक मुख्य समस्या रहेको छ। हालसम्म पनि हटाउन सकिने अन्धोपनको संख्या उच्च छ।
पुरुषको तुलनामा महिलाहरुमा दृष्टि बिहिनता बढीरहेका छन्। नेपालको अपाङ्गताहरुमा दृष्टिगत अपाङ्गता एक मुख्य रहेको छ। ५ जना अन्धोपना भएका बालबालिकाहरुमध्ये ४ जनालाई उपचार गरेर पुनः दृष्टिको अवस्थामा ल्याउन सकिन्छ।
यो आकडा अनुसार विगतमा भएको सर्वेक्षण भन्दा रोगको भार कम हुँदै गएको छ भने बुढ्यौलीपन, नसर्ने आँखाका नयाँ रोगहरु, नयाँ रोगको वृद्धि र मूख्यतया ग्रामिण भेगमा उपलब्ध सेवाको उचित मात्रामा उपयोग कम भएकाले संख्यात्मक रुपमा जुन मात्रामा घट्नु पर्ने हो त्यो अनुरुप भएको पाइँदैन।
प्रत्येक वर्ष अक्टोबर १२ का दिन मनाइने विश्व दृष्टि दिवसको यस वर्षको नारा 'कार्यस्थलमा आँखालाई माया गरौँ' भन्ने रहेको छ ।
कार्यस्थलमा आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ
- आँखाको तनाब कम गर्नको लागी कार्यस्थल राम्रोसंग उज्यालो सुनिश्चिता गर्नु पछ
- ओसीलो राख्न बारम्बार आँखा झिम्काउनुहोस
- आँखा धरै नै सुक्खा भय कृतिम आसु प्रयोग गर्ने
- आँखाको तनाब कम गर्नको लागि बाहिरी डिजिटल स्क्रिनहरुमा समाबेश कम गर्ने
- आँखाको मासपेसी बलियो बनाउन र् तानब काम गर्न आफ्नो आँखा घुमाउने
- सम्भाबित आँखाको जोखिमापूर्ण बातावरण मा काम गर्दा नियमित चस्मा को प्रयोग गर्ने
- आँखा लाई सुख्खा हुनुबाट जोगिन पर्याप्त पानी खाने