काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाको टोली लुटपाटमा संलग्न अमर भनिने अस्मित तामाङलाइ नियन्त्रणमा लिनका लागि बौद्ध पुगेको महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले बताए। उनका अनुसार तामाङलाइ नियन्त्रण लिन प्रहरीले दुइ राउण्ड गोली चलाएको छ।
प्रहरीको गोली लागि तामाङ घाइते भएको छन्। उनलाइ उपचारका लागि वीर अस्पताल लैजाने तयारी भएको छ।