काठमाडौं । नेपाल औषधी उत्पादक संघ (एपोन)को कार्यकारी समितिको निर्वाचनमा दुई जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।अध्यक्ष पदका लागि महेश प्रधान र विप्लव अधिकारी चुनावी मैदानमा उत्रेका हुन्।
सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि गर्न सफल नभएपछि मतदान प्रक्रिया सुरु भएको छ ।यसैगरी, ९ सदस्यीय कार्यसमिति सदस्यका लागि ११ जनाको उम्मेद्धारी परेको छ। दीपककुमार तिब्डेवाल, सुमितचन्द्र श्रेष्ठ, ईश्वरकुमार भण्डारी, सजलराज रेग्मी, सुदर्शन खेगुली, गिरीराज पाठक (गणेश), पृथ्वीराज भण्डारी (निजु), डा पंकजकुमार तिवारी, शैलेस बैद्य, सन्तोष बराल र प्रभात रुङ्गाटाले सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।