मणिपाल अस्पतालका चिकित्सकमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ । अस्पताल तोडफोड अभियोगमा पक्राउ परेका विनय गुरुङ र छावा भनिने सुशील कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य सात जना एक/एक लाख रुपियाँ धरौटीमा रिहा भएका छन् ।
यही असोज ८ गते अस्पतालमा तोडफोड गरेको अभियोगमा प्रहरीले नौ जनालाई पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइ सरकारी वकिल कार्यालयमा अभियोगपत्र पेस गरेको थियो ।