काठमाडौँ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध औषधि बरामद भएको छ। जिल्लाको पाल्हिनन्दन गाउँपालिका -१ बन्दामा पैदल ल्याउँदै गरेको अवस्थामा शनिवार औषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद औषधि करिब ९ लाख ८१ हजार ६२ रुपैयाँ बराबरको रहेको सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिए । इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलिले औषधि बरामद गरेको र प्रहरी देख्नसाथ ती पैदल यात्रु फरार भएको प्रहरीको भनाई छ । बरामद औषधि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको प्रहरीले जनाएको छ।