काठमाडौं । ओम समाज डेन्टल हस्पिटल चाबहिलले ट्राफिक व्यवस्थापनका लागि आवश्यक उपकरण सहयोग गरेको छ।
प्रहरी वूत गौशालामा ट्राफिक व्यवस्थापन लागि आवश्यक सामाग्री सहयोग गरेको हो। कार्यक्रममा प्रहरी नायब उपरीक्षक केशब थेबेलाई ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा सुभाष घिमिरे सामाग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै डा.घिमिरेले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।
तीव्र गति, मापसे, अपर्याप्त सडक पूर्वाधार, चालकको लापरवाही नै सवारी दुर्घटनाको मुख्य कारण भएकोले समाजिक सेवा अन्तर्गत गौसला ट्राफिक कार्यालयलाई डिभाइडरहरु सहयोग गरिएको हस्पिटल प्रशासनले बताएको छ ।