काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.मदन उपाध्याय नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका उपाध्यायलाई थप जिम्मेवारीको रुपमा बोर्डको निमित्त कार्यकारी निर्देशक बनाएका हुन् ।
सरकारले २४ असोजमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गरेपछि उपाध्यायलाई थप जिम्मेवारी दिइएको हो ।
मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका उपाध्याय यसअघि नै बोर्डको कार्यकारी निर्देशकको रुपमा काम गरिसकेका छन् ।