काठमाडौं। नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महाबाणिज्य दूतमा नियुक्त भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदेले पाण्डेलाई प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन्।
पाण्डे नेपाल एपोनका निवर्तमान अध्यक्ष हुन्। महाबाणिज्यदुतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता तथा सहयोगमा नेपालले रुवाणडामा काम गर्ने भएको छ । नवनियुक्त वाणिज्यदूत पाण्डेले व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा द्विपक्षीय रूपमा विशेष सुविधाको उपयोग गर्न पाईने जानकारी दिए ।
कार्यक्रममा परराष्ट्र मन्त्री साउदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डा बीच दुई देशीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएको उनले बताए ।