काठमाडौँ- भारतका लागि नेपालका राजदूत शंकर शर्माले इजरायलबाट १८ जना नेपाली नागरिकको उद्धार गरेकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् । उनले बुधवार सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका हुन् ।
अपरेसन विजयअन्तर्गत आफ्ना नागरिकसँगै १८ जना नेपालीलाई पनि इजरायलबाट ल्याउनुभएकोमा भारत सरकारप्रति धेरै–धेरै आभारी छौं,’ उनले फेसबूकमा लेखेका छन् । उद्धार गरिएका नेपालीलाई दिल्ली विमानस्थलमा स्वागत गर्दै नेपाल जाने यातायातको व्यवस्था पनि गरेको राजदूत शर्माले जानकारी दिएका छन् ।
इजरायलमा हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई आफ्ना नागरिकसँगै भारतले मंगलबार उद्धार गरेको थियो।