काठमाडौं । चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ। मुटुको भल्भमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित एक अस्पतालमा भर्ना भएको माओवादीका एक उच्च नेताले जानकारी दिए।
स्रोतका अनुसार श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएको हो। उनको अवस्था सामान्य रहेको छ। अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका छन्।