काठमाडौं । ह्याम्स हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित असोज २६ गते आर्थिक वर्ष २०७९/८० को साधारण सभामा निश्कासन गर्ने निर्णय गरेको छ।
१५ प्रतिशत शेयर सर्वसाधारणलाई र ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समुहलाई बाँड्ने निर्णय भएको छ। अस्पतालको हालको चुक्ता पुँजी ६५ करोडको रहेको छ । त्यसको १५ प्रतिशत करिब ९ करोडको शेयर निश्कासन गर्ने अस्पतालले जानकारि दिएको छ।
कम्पनीलाई पब्लिक लिमिटेडमा रुपान्तरण गरेर शेयर निश्काषन गर्नका लागि ह्याम्सले मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आइपीओ निष्काशन गर्ने र यी कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालकलाई समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।