काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले क्यान्सरबारे सचेतना जगाउन अक्टोवरको अन्त्यमा ‘पिंक क्यान्डल लाइट इभेन्ट’को आयोजना गरेको छ।

अस्पतालले उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको समेत सहयोगमा उक्त दीप प्रज्वलन कार्यक्रम गरेको हो । ‘आशाको लागि ज्योति’ नारासहित सबैले गुलाबी कलरको ड्रेस लगाएर गुलाबी नै मैनबत्ती बालेका थिए ।

कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ लगायतका चिकित्सक, स्तन क्यान्सर सर्भाइभर, कर्मचारी लगायतको उपस्थिती थियो । अक्टोवर महिनालाई स्तन क्यान्सरबारे सचेतना महिनाको रुपमा लिई विभिन्न कार्यक्रम गर्ने गरिन्छ। सोही अनुरुप अस्पताल प्रांगणमा मंगलबार दीप प्रज्वलन कार्यक्रम गरिएको हो।