विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छिन्।
नेपालका शम्भुप्रसाद आचार्यलाई ६ मतान्तरले पराजित गर्दै साइमा क्षेत्रीय निर्देशक निर्वाचित भएकी हुन्। साइमाले ८ मत ल्याउँदा शम्भुप्रसादले २ मत प्राप्त गरे।
भारतको नयाँदिल्लीमा बुधबार बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई क्षेत्रीय निर्देशक चयन गरेको हो। ११ देश रहे पनि योपटक १० देशका स्वास्थ्यमन्त्रीले क्षेत्रीय निर्देशक चयन गरेका हुन्।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन्।
म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाएको हो। एजेन्सी