काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन ।
राष्ट्रपति पौडेलले विपदको यस घडीमा उद्धार तथा राहतमा जुट्न सरकार र सम्बन्धित सबैलाई अपिल पनि गरेका छन ।
सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपत पौडेलले यो आग्रह गरेका छन ।
गएराति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी जाजरकोटमा ३७ जना र रुकुम पश्चिममा ३६ जना गरी ७३ जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण आउने क्रम जारी छ ।।