काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेहरूलाई भेट्नुभएको छ । आज अपराह्न भेरी अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री खड्काले जाजरकोट भूकम्पका घाइतेहरूको अवस्था बुझेका छन्।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए। उनले सरकारले घाइतेहरूको निस्शुल्क औषधि गर्ने जानकारी गराउँदै उपचार, प्रतिकार्य र राहतमा तदारुकताका साथ काम गरिरहेको बताए छन् । उपप्रधानमन्त्री खड्कालाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेका अस्पतालहरूमा भइरहेको भूकम्प प्रभावित घाइतेहरूको उपचार, उद्धार र राहतका लागि भएका कामहरूको बारेमा जानकारी गराएका थियो ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। पवनजंग रायमाझीले अस्पतालमा उपचाररत घाइतेहरूको अवस्थाबारे जानकारी गराएका थियो । सरकारले भूकम्प प्रभावित जिल्लाहरूका घाइतेको उपचारका लागि भेरी अस्पताललाई “डेडिकेटेड अस्पताल” तोकेको छ । भेरीमा भूकम्पका घाइतेको उपचारका लागि १०५ बेड छुट्ट्याइएको छ । हाल जाजरकोट र रुकुम पश्चिममा ३७ जना घाइतेहरूको भेरीमा उपचार भइरहेको छ । एक जना भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत छन् ।