काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले २९ सेप्टेम्बर २०२३ अर्थात (२०८० असोज १२ गते) डा।अनिलले फेसबुक लाइभबाट विश्व रेकर्ड कायम गरेका हुन।
फेसबुक लाइभमा कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शकु भन्ने शीर्षकमा आफूले गिनिज वर्ल्ड रेकर्ड बनाएको डा।अनिलले जानकारी दिए। डा।अनिलका अनुसार असोज १२ गते साझ ७:१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ जनाले एकैपटक लाइभमा जोडिएका थिए ।
उक्त ३० मिनेट लामो फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट आएको जानकारि दिए। फेसबुक लाइभ सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए।
फेसबुक लाइभ प्रस्तुतिपछि गिनिज वर्ल्ड रेकर्डुका सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्तिले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए। यद्यपि, डा। ओममूर्तिलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो।
यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सन्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको छ । पछिलो लामो समयदेखि फेसबुकमार्फत मुटुरोगको रोकथामका निम्ति जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका थिए।
यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सन्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको छ । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसका लागि प्रेरणा हुने उनको दावी छ।