प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तनहुँको आँबुखैरेनीमा आउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा निर्माण गरेको १५ शय्या क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आउनुभएको हो ।
आँबुखैरेनी गाउँपालिका साविकको वडा नं २ र ३ को कार्यालय रहेको नवनिर्मित भवन र सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी एक वर्ष अघिदेखि अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पताल सञ्चालनमा ल्याइएसँगै तनहुँलगायत छिमेकी जिल्ला गोरखा, लमजुङ र चितवनका केही भेगका बासिन्दा लाभान्वित हुँदै आएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।