काठमाडौँ ।बसुन्धरास्थि केडीसी जनरल अस्पतालले निःशुल्क परीक्षणका कार्यक्रम सहित महिनाव्यापी विश्व मधुमेह दिवस मनाउने भएको छ ।
अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरेर नसर्ने रोग मध्येको एक प्रमुख रोग मधुमेहबारे एक महिनासम्म सचेतनासंगै निस्शुल्क ‘स्क्रिनिङ’ गर्ने जनाएको हो ।‘मधुमेहलाई बास्तवमा ‘साइलेन्ट किलर’ मानिन्छ, कतिपयलाई लक्षण विना नै पनि गम्भीर अवस्थामा पुर्याएको छ । आँखाको ज्योति गुमाई अन्धोपन ल्याउने कारक मध्ये मधुमेह पनि एक हो । त्यसैले यसविरुद्ध व्यक्तिहरु सचेत हुन जरुरी छ ।
आहार विहार, खानपान, र जीवन शैलीलाई स्वस्थकर बनाउनु आवश्यक छ साथै नियमित रुपमा मधुमेहको परीक्षण पनि गर्न जरुरी छ । यहि कुरालाई मध्य नजर गर्दै केडीसी अस्पतालमा निशुल्क सचेतना तथा परीक्षण शिविरको आयोजना गरेको डा। श्रेष्ठले बताए। यो शिविर एक महिनासम्म चल्लने छ । आम सर्वसाधारणले आफ्नो स्वास्थ्यका लागि थोरै भए पनि समय छुट्याउनु र निशुल्क जाँचको लाभ लिन केडीसी अस्पताल आग्रह गरेको छ ।
कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठले खानपान र जीवनशैलीका कारण मधुमेह रोग बढेकाले यसको न्युनिकरणका लागि सचेतना र नियमित नियमित परीक्षण जरुरी भएको बताए ।‘दाँत सफा देखिन्छ, तर गिजाले छाड्दै गएको छ, मुख दाँत सफा छ तर गन्हाउँछ भने पनि मधुमेह हुन सक्छ । यसले उच्च रक्तचाप आँखा , मिर्गौलामा समस्या ल्याउन सक्छ। त्यसैले यसबारेमा सचेत हुनु आवश्यक छ,’ उनले भने ।