काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले २०८० सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ।
५० हजार रुपैयाँ नगद र सम्मान पत्र सहितको उक्त पुरस्कार हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई प्रदान गरिन्छ।नाष्ट को ४६ औं प्राज्ञ सभाले उक्त निर्णय गरेको हो।
तीन दशक देखी पत्रकारिता गर्दै आएका मिश्रले विज्ञान र स्वास्थ्य विषयमा कलम चलाउँदै आएका छन्।