काठमाडौँ । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन यही मंसिर १० र ११ गते हुने भएको छ। संघले यसअघि असोजमा गर्न लागेको सम्मेलन चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण र दुर्व्यवहारका घटना बढेपछि स्थगित भएको थियो ।
थर्ड एनएमए नेशनल हेल्थ समिट-२०२३’ नाम दिइएको यो दुई दिने सम्मेलन ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रबर्द्धनः अवसर र चनौती’ विषायमा केन्द्रित रहेर तेस्रो राष्ट्रिय सम्मेलनमा ६ वटा छुट्टाछुट्टै विषयवस्तुमा प्यानल छलफल सहित बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने छ।
संघका अनुसार अघिल्लो वर्ष गरिएको दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा रहेका छन्।
संघले जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको महिनालाई प्रत्येक वर्ष बार्षिक क्यालेण्डर इभेन्टको रुपमा सम्मेलनको आयोजना गर्न थालेको हो।
उक्त सम्मेलनमा सहभागिताका हुनाका लागि https://nhs.nma.org.np/registration लिकमा गई आफ्नो नाम दर्ता गराउन सकिने छ।