काठमाडौँ । बझाङमा आज बिहान ११ : ३७ बजे भूकम्पको धक्का महशुस गरिएको छ ।
बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत ले जनाएको छ ।
पश्चिम नेपालका जिल्लाहरूमा गत असोज १६ गते गएको भूकम्प पछि निरन्तर पराकम्प गइरहेका छन् । पटकपटकको पराकम्पबाट त्रसित स्थानीयहरु अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन्।