बालबालिकालाई सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने र बच्चाले छिटोछिटो श्वास फेर्दछ भने निमोनिया भएको शंका गरिन्छ। एक वर्ष भन्दा सानो बच्चाले एक मिनेटमा ६० पटक भन्दा कम श्वास फेर्नु पर्दछ। दुई वर्ष भन्दा मुनिको बच्चाले ५० पटक भन्दा कम श्वास फेर्नुपर्छ र दुई वर्ष भन्दा माथिको बच्चाले ४० पटक भन्दा कम श्वास फेर्नु पर्दछ। शिशुले छिटोछिटो श्वास फेर्यो भने निमोनिया भएको शंका गर्न सकिन्छ।
कस्ता बच्चाहरुमा बडी निमोनियाको जोखिम हुन्छ ?
• कुपोशित बच्चाहरु
• निम्न वर्गिय परिवारका बच्चाहरु
• धुवा, धुलो फोहोरमैला र प्रदुषित वातावरणमा बस्ने बच्चाहरु
रोकथाममा उपायहरु के-के छन?
• सकेसम्म बच्चालाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउने
• बच्चालाई ६ महिनापछि आमाको दूधका साथै पोषिलो खानाको मात्रा पुर्याएर खुवाउने
• सरसफाइमा ध्यान दिने
• घरभित्र हुने धुवाँ–धुलोबाट बच्ने
• खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्ररी हात धुने
• पोषिलो खानेकुरा खुवाएर बालबालिका तथा वृद्धवृद्धाको रोगप्रतिरोधात्मक क्षमता बढाउने
• चिकित्सकसँग परामर्श गरी खोपको प्रयोग गर्ने
उपचार
ब्याक्टेरियाले गराउने निमोनियामा चिकित्सकको सल्लाह बमोजिम एन्टिबायोटीकको प्रयोग गर्नुपर्ने हुन्छ। तर कतिपय स्थानमा चिकित्सकसँग परामर्श नगरी भाईरल निमोनियामा पनि औषधि पसलबाटै अनावश्यक एन्टिबायोटीक प्रयोग गर्ने गरेको देखिन्छ। यसले स्वास्थ्यमा थप समस्या बढ्दै गइरहेको छ।