काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने प्रस्ताव गरेको छ।
सरकारी स्वास्थ्य संस्थाहरुमा सय वेड भन्दा माथिका सबै सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने स्वास्थ्य मन्त्रालयको तयारी रहेको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत जानकारी दिएका छन। बुधबार भएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले ३०० बेडमाथिका अस्पतालमा एमबीबीएस पढाउन दिइने सरकारको तयारी रहेको बताए ।
मन्त्री बस्नेतले भने ‘पारामेडिक्स र नर्स पढाउन ती अस्पतालमा जनशक्ति पुग्छ भन्ने हामीलाई लाग्छ तर संरचनामा भने अलिकति थपघट गर्नुपर्ने होला । पढाउनका लागि आवश्यक जनशक्ति र संरचनाको विषयमा अस्पतालसँग राय मागेका छौं र त्यसका लागि सरकारले आवश्यक तयारी गर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवासँग यसबारे छलफल गरेको बताए।
मन्त्री बस्नेतले अहिलेकै अवस्था रहेने हो भने अबको ५ वर्ष भित्र देशमा स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव हुने भएकाले समयमै यो निर्णय गरेको बताए । यस निर्णयबाट चिकित्सा विषय पढ्न विदेश जानुपर्ने बाध्यतालाई रोक्न र नेपाल मेडिकल शिक्षाको स्थर लाई गुणस्तर बनाएर नेपालमै हजारौँलाई रोजगारीको अवस्था सिर्जना हुने उनको भनाइ छ ।
साथै उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा रोशन पोखरेलले सरकारसँग भएको भौतिक संरचना, गुणस्तर र जनशक्तिका विषयमा पनि छलफल गर्दै जाने उनले बताए।