काठमाडौँ। अदुईवटा ल्याटिनहरु मिलेर बनेको छुअु अर्थात् तिम्रोुरपंचरू अर्थात् घोचाइ यस अर्थमा तिखो घोचाई अकुपंचरको सामान्य अर्थ हो । मानव सभ्यताको विकास संगसंगै दुई युगदेखि ने परम्परागत चिनियाँ अको रूपमा प्रचलित यो चिकित्सा पद्धति समयको परिवर्तनसंगै विभिन्न चरणमा अध्ययन, अनुसन्धानमार्फत वैज्ञानिकीकरण भएर हाल विभिन्न रोगहरूमा भरपर्दो उपचार पद्धतिको रूपमा विकास भएको छ ।
नेपालमा अपंचरको प्रवेश २०२८ सालमा भएको पाइन्छ। कोदारी राजमार्ग अन्तर्गत पुल निर्माण गर्दा आएका चिनियाहरुसगै नेपालमा अकुपंचरको प्रवेश भएको हो । सुरुमा चिनियाबाट मात्र सेवा दिईएको अकुपचर विधिलाई केही समयपछि आधुनिक चिकित्सकहरुले पनि अगालेर सेवा दिइएको पाइन्छ । नेपालमा पहिलो पल्ट आधिकारिक रुपमा अकुपंचर शुरु गर्नमा डा। राममान श्रेष्ठ, डा। भरत प्रधानको नाम आउँछ । वि।सं २०३४ सालमा वीर अस्पतालमा अकुपंचर पुनिट स्थापना गरियो र यसबाट नै पहिलोपटक सरकारी स्तरमा अकुपंचर सेवा दिन चालियो । नेपाल प्रहरी अस्पतालमा पनि केही समय अकुपंचर सेवा संचालनमा आएता पनि हाल यो सेवा बन्द भएको छ ।
त्यसैगरी वि।सं। २०४१ सालना केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीमा पनि अकुपंचर युनिट स्थापना गरियो र अकुपचर सेवा दिन थालियो । हाल नेपालमा अकुपन्चर चिकित्साको विभिन्न तहको जनशस्तिहर रहेको र तिनिहरुको परिचालनबाट यस क्षेत्रको प्रवर्द्धन हुने कुरामा आशावादी हुन सकिन्छ । आयुर्वेद हाल केही प्रदेश तह एवम् स्थानीय तहमा रहेका आयुर्वेद संस्थाहरु वाट पनि यो सेवा प्रदान हुँदै आएको छ जुन खुशीको कुरा हो र अब सातवटै प्रदेश मा स्थापना हुने १०० शैयाको आयुर्वेद तथा वैकल्पिक चिकित्साका अस्पतालहरुमा यस सेवा से निरन्तरता पाउनेछ ।
अकुपंचर चिकित्सा अत्यन्त सस्तो चिकित्सा पद्धति हो ।
यसमा उपयोग हुने सामग्रीहरु सस्तो हुने हुँदा र यसमा प्रयोग गरिने सामग्री थोरैमात्र भएको हुँदा सेवा पुयाउन पनि सहज हुने हुँदा नेपालको परिप्रेक्ष्यमा यो उपचार विधि अत्यन्त फाइदाजनक हुन्छ । अरूपचर चिकित्सा धेरै रोगमा प्रयोग गर्न सकिने चिकित्सा पद्धति हो । विश्व स्वास्थ्य संगठनका अनुसार, ३०० रोगहरु वा अवस्थाहरुमा यसको प्रयोग गर्न सकिन्छ । साथै धेरै रोगहरुमा राम्रो परिणाम दिन सक्ने भएकोले यो चिकित्सालाई प्रभावकारी मानिन्छ ।
यसै परिपेक्ष्यमा आयुर्वेद विभागलाई वि।सं। २०७४ सालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको रुपमा रूपान्तर गरि आयुर्वेद सहित अन्य वैकल्पिक चिकित्सा का विद्याहरु अकुपञ्चर, होमियोप्याविक, प्राकृतिक चिकित्सा तथा सोवा रिग्या प्रवर्द्धन तथा विकासको लागि कार्य गर्न जिम्मेवारी दिइएकोछ । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा मार्फत यी विद्याहरुको प्रवर्द्धन गर्न आवश्यक निति, मापदण्ड, योजना बनाई कार्यान्वयन गर्न कार्य निरन्तर छ ।
यसै परिपेक्ष्यमा अकुपञ्चर चिकित्सा को प्रचार प्रसार गरि सरोकारवालाहरु एवम् आम जनसमुदायमा यस चिकित्सा
विद्याको महत्व दर्शाउन गत वर्ष देखि बायुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विश्व अनुपञ्चर दिवस मनाउन लागेको छ । यस अवसरमा अकुपन्चर चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुलाई शुभकामना छ ।
ब्राजिलमा सन् २०११ मा भएको फेन्च कमिशन अफ वर्ल्ड फेडरेशन अफ अकुपञ्चर नोस्सिवुशन सम्बन्धि वैज्ञानिकहरुको सम्मेलनले नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवस मनाउन निर्णय गरे अनुसार हरेक वर्ष विश्व अकुपञ्चर दिवस मनाउन प्रारम्भ गरिएको हो । नेपालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस वर्ष पनि नोभेम्बर २२ अर्थात आज मंसिर ६ गते यो दिवस दोस्रो पटक मनाउन लागेको छ र अब उपरान्त पसले निरन्तरता पाउनेछ ।