काठमाडौं - पोर्चुगलमा रुम पार्टनरले छुरा प्रहार गरि एक जना नेपालीको हत्या भएको छ ।
रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ। उनका रुम पार्टनर ३० वर्षीय लोकेन्द्र गुरुङले तिहार मनाइरहेको दिनमा सामान्य भनाभनकै क्रममा छुरा प्रहार गरेर घाइते बनाएका थिए।
रोजगारीका लागि करिब ६ महिना अगाडि धनबहादुर क्षेत्री पोर्चुगल पुगेका थिए । प्राप्त खबर अनुसार टिफिन बक्समा खाना किन नहालेको भन्दै धनबहादुरमाथि लोकेन्द्रले आक्रमण गरेको भन्ने छ। शरीरमा पटक पटक प्रहार गरेको र धेरै रगत बगेको थियो । उनलाई उपचारको लागि पोर्चुगलको राम्रो अस्पतालमा भर्ना गरेको भए पनि बाँचाउन सकिएन। लोकेन्द्रलाई त्यहाँको प्रहरीले पक्राउ गरेर राखेको छ।