काठमाडौं-जनकपुर न्यूरो हस्पिटलमा एक बालकको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरवाहीको कारण बालकको मृत्यु भएको बताएका छन ।
हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको छ । हस्पिटलले डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेपछि बालकको मृत्यु भएको आफन्तले बताएका छन । घटनाको छानबिन गरी उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेको थियो ।
आन्दोलन गरिरहेका आफन्त लाई प्रहरी प्रशासनले थामथुम पारि प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ । ‘क्रिया खर्चवापत १० लाख रुपैयाँ हस्पिटलले दिए पछि राति नै हामी शव बुझेर आयौं, हजुरबा पर्ने रसायलीले भने ।
मृतक बालकका मामा सुनिल परियाका अनुसार क्षतिपूर्ति ५० लाख रुपैयाँ, उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेज र हस्पिटल सिल गर्नुपर्ने सहितको मृतक परिवारको सर्त थियो । तर १० लाख रुपैयाँ दिने सहमति भएको उनले पनि पुष्टि गरे ।