काठमाडौँ । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन यही मंसिर १० र ११ गते हुने भएको छ।
आज भएको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष डा. अनिल कार्कीले सम्मेलनको सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन। दुई दिने राष्ट्रिय स्वास्थ्य सम्मेलनमा ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रबर्द्धनः अवसर र चनौती’ विषायमा केन्द्रित रहेर तेस्रो राष्ट्रिय सम्मेलनमा ६ वटा छुट्टाछुट्टै विषयवस्तुमा प्यानल छलफल सहित बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने बताएका छन ।
संघका अनुसार अघिल्लो वर्ष गरिएको दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा रहेका छन्।
तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमुलक नीतिगत सुझाव स्वास्थ्य मन्त्रालय तथा देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने नेपाल तिवारीले बताए। सम्मेलनको मुख्य सन्देशमा विश्व स्वास्थ्य संगठनका विषय विज्ञले की नोट स्पिच दिने बताइएको छ।
यसअघि असोजमा गर्न लागेको सम्मेलन चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण र दुर्व्यवहारका घटना बढेपछि स्थगित भएको थियो ।