काठमाडौँ । नर्सिङ तर्फको लाइसेन्स परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत फेल भएका छन् ।
नेपाल नर्सिङ काउन्सिलले शनिबार विहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएका छन् । १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना १९ दशमलव ३४ प्रतिशत मात्रै पास भएका छन्। हिजो लिइएको बीएस्सी नर्सिङमा कुल ४१४ जना सहभागी मध्ये २०३ जना ४९.०३ प्रतिशत पास भएका छन् ।
परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार 'अहिले परीक्षा दिनेहरु फ्रेस स्टुडेन्ट होईन । धेरै पटक अनुतीर्ण भएकाहरु सहभागी भएकोले यो कमजोर नतिजा आएको हो ’ भनेकि छिन । तर उनले कतिपटक सम्म परीक्षा दिएकाहरु यसपटक सहभागी थिए भनेर कुरा बताइन्न ।
नेपाल नर्सिङ काउन्सिलले शनिबार सम्मन्न गरेको ३४ औँ लाइसेन्स परीक्षाका लागि दुई वटा परीक्षा केन्द्रहरु नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टर तोकिएको थियो ।